Section 20
सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न पाइने
(१) दफा ७ को खण्ड (क), (झ) र (ञ) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना कुनै रचनाको स्रोत र रचयिताको नाम उल्लेख गरी देहायका काम गर्न पाइनेछः–
(क) कुनै समाचारपत्र वा पत्रपत्रिकामा छापिएको लेख, राजनैतिक वा धार्मिक शीर्षकको लेख वा यस्तै प्रकृतिको प्रसारणलाई कुनै समाचार पत्र वा पत्रपत्रिकामा छाप्न वा सर्वसाधारणलाई प्रसारण गर्न वा अन्य किसिमको प्रसारण गर्न,
तर रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर पएरउन पाइने छैन ।
(ख) कुनै ताजा घटनाका सम्बन्धमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन गर्न, प्रसारण वा अन्य किसिमको सञ्चार गर्न वा कुनै घटनालाई पुष्टि गर्न,
(ग) ताजा सूचना प्रवाह गर्ने उद्देश्यले सर्वसाधारण समक्ष प्रस्तुत गरिएका वा अदालती कारवाहीका सम्बन्धमा गरिएको वहस कुनै समाचारपत्र वा नियमित रुपमा प्रकाशत हुने पत्रिकाको केही अंश पुनरुत्पादन गर्न, प्रसारण गर्न वा अन्य सार्वजनिक सञ्चार गर्न ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिताले नै पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न नपाइने भनी उल्लेख गरेको रहेछ भने त्यस्तो अवस्थामा पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न पाइनेछैन ।